Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार

    नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 519
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

    यसअघि आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो।



    तेस्रो कारोबार दिन मंगलबार २८.४० अंकले गिरावट हुँदा २०१९.८५ मा बन्द भएको छ । यसअघि आइतबार ३८ र सोमबार ३ अंकले बजार घटेको थियो ।



    यस्तै, बजारमा ४८ लाख ६० हजार ७४१ कित्ताको खरिदबिक्री भइ १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम घटेको छ ।

    मंगलबार शेयर बजारमा गिरावट भएपनि स्वरोजगार लघुवित्त विकास बैंकको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । यसदिन विकास बैंकको सेयर ६९ अंकले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, कारोबारका आधारमा आईएमई लाइफ इन्सयोरेन्स कम्पनी लिमिटेड १७ करोड ८९ लाख ३२ हजार २०२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । मंगलबार बजार पूँजीकरण २९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार