Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलात्कार मुद्दामा पाए सफाइ

    बाल यौन दुरुपयोग मुद्दा : पल शाहलाई साढे दुई वर्षको कैद सजाय, २५ हजार जरिवाना

    बाल यौन दुरुपयोग मुद्दा : पल शाहलाई साढे दुई वर्षको कैद सजाय, २५ हजार जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.1K
    SHARES

    चितवन । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे दुई वर्षको कैद सजाय सुनाएको छ । तर बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका छन् ।

    न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।



    एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।



    गत चैतमा अभिनेता शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार