Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभाका चारै समितिका सभापतिले लिए शपथ

    राष्ट्रियसभाका चारै समितिका सभापतिले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 738
    SHARES

    काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ लिएका छन् ।

    बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।



    दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्विरोध भएका थिए ।



    करिब ७ महिनादेखि रिक्त चारवटा समितिमा चार प्रमुख दलले एक-एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने समझदारी बनेको थियो । बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो ।

    राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए ।

    रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।

    ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार