Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

    माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 915
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।



    सम्झौता पश्चात बैंकद्वारा लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरूको कर्जा सुरक्षण गरिने बैंकले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।



    बैंकले यसअघि नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’ अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत रु. ७ लाखसम्म,

    बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय ब्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका रु. १० लाखसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका रु. १५ लाखसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आईरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार