Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बेलायती महारानी एलिजाबेथ चिकित्सकको निगरानीमा

    बेलायती महारानी एलिजाबेथ चिकित्सकको निगरानीमा

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 834
    SHARES

    एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यमा समस्या देखिएको छ । उनी स्कटल्यान्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहेकी छन् ।

    चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।



    ुआज बिहान थप परीक्षणपछि उनलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको छ ।



    ९६ वर्षीया महारानी एलिजाबेथको पछिल्लो समय बालमोरल दरबारमा अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई उनले त्यहीँ सपथ खुवाएकी थिइन्।

    बुधबार हुने भनिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उनको स्वास्थ्यबारे चर्चा भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार