Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चार्ल्स बने बेलायतका राजा

    चार्ल्स बने बेलायतका राजा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 747
    SHARES

    एजेन्सी । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।

    ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।



    उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् । बिहीबार एलिजाबेथको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।



    पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो । उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्र मण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्।

    महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार