Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महारानी एलिजाबेथको सम्मानमा विभिन्न खेलहरू स्थगित

    महारानी एलिजाबेथको सम्मानमा विभिन्न खेलहरू स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 711
    SHARES

    काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनको सम्मानमा शुक्रबारका लागि तय भएका विभिन्न खेल प्रतियोगिताहरू स्थगित गरिएका छन् ।

    महारानी एलिजाबेथको निधनपछि उनको सम्मानमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको तेस्रो टेष्ट क्रिकेट खेल शुक्रबार नहुने बीबीसीले जनाएको छ । त्यसैगरी घोडा दौड प्रतियोगिताहरू पनि स्थगित गरिएका छन् ।



    शुक्रबारका लागि तय भएको गल्फ प्रतियोगिता तथा इंग्लिस प्रिमियर लिगका दुई खेल पनि स्थगित गरिएका छन् । रग्बीका खेलहरू पनि रोकिएका छन् ।



    बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो ।

    उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार