Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा

    महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 462
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई नेपालले सधैं सम्झिइरहने बताएका छन् ।

    प्रधानमन्त्री देउवाले महारानी एलिजाबेथको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल र नेपाली नागरिकले एक ठूलो प्रशंसक गुमाएको बताएका छन् ।



    प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा बेलायती शाही परिवारप्रति समवेदना प्रकट गर्दै भनेका छन्, ‘महारानी एलिजाबेथ द्वितीयले कर्तव्य, सम्मान र सेवाले नै आफैलाई प्रतिष्ठित बनाउनु भएको थियो ।



    अन्य संस्कृति तथा मानवताप्रति अनुग्रह, सादगी र सम्मान व्यक्त गर्ने गुणले नै महारानीलाई नेपाली नागरिकले श्रद्धापूर्वक सम्झिइरहनेछन् ।’

    त्यस्तै प्रधानमन्त्री देउवाले सन् १९६१ र १९८६ मा भएको महारानीको राजकीय भ्रमणलाई पनि नेपालले सम्झिइरहने बताएका छन् ।

    बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार