Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

    महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 855
    SHARES

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन खबरले दुःखी बनाएको बताएका छन् ।

    पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा. फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन् ।



    महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ ।



    सात दशक राजगद्दीमा बसेरे शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेका छन् ।

    बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार