Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

    महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 720
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन्।

    उनले महारानी एलिजाबेथको मृत्युमा शोक जनाउन लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन्।



    राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन् ।



    बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार