Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कोरोनाबाट थप दुई जनाको मृत्यु, १५२ जनामा संक्रमण पुष्टि,

    कोरोनाबाट थप दुई जनाको मृत्यु, १५२ जनामा संक्रमण पुष्टि,

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर  थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार १ हजार १८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १० जना र २ हजार १०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ९०५ पुगेको छ ।



    आज दुईजना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ ।

    त्यस्तै, आज १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार