Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

    बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आउँदो सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

    ‘उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।



    शोक मनाउने दिन भारतभर र विदेशमा रहेका भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।



    भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने बेलायती महारानीको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गरेका थिए । प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रूपमा स्मरण गरे । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार