Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु

    बाघको आक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 624
    SHARES

    फाइल फोटो

    चितवन । माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

    शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।



    शनिबारदेखि हराउनुभएका अधिकारीको आज बिहान ८ः३० वजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार