Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कोरोनाबाट २ जनाको मृत्यु, थप १०४ जनामा संक्रमण पुष्टि

    कोरोनाबाट २ जनाको मृत्यु, थप १०४ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५८७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार १७२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा २३१६ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार