Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एभरेष्ट बैंकको ११९ औं शाखा उद्घाटन

    एभरेष्ट बैंकको ११९ औं शाखा उद्घाटन

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 975
    SHARES

    काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९औं शाखा उद्घाटन गरेको छ ।

    सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गाल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।



    यसै उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गालका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छन् ।



    बैंकमा हालसम्म करिब १२ लाख ग्राहक छन्। ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटीएमबाट वित्तीय सेवा दिइरहेको बैंकले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार