Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एभरेष्ट बैंकमा ग्राहकको खाताबाटै हरायो करोडौं पैसा, बैंकका कर्मचारी पक्राउ

    एभरेष्ट बैंकमा ग्राहकको खाताबाटै हरायो करोडौं पैसा, बैंकका कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । एभरेष्ट बैंक इटहरी शाखाका एक कर्मचरीले ग्राहकको एक करोडभन्दा बढी रकम ठगी गरेका छन् ।

    एभरेष्ट बैंक इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना बचतकर्ताहरूको रकम ठगी गरेका हुन् ।



    प्रधानले १९ जना बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ४५ पटक ट्रासफर गरेका थिए । बैंक खातामा जम्मा गरेको रकम झिक्न जादा बैंकका कर्मचारीले खातामा पैसा नभएको बताएपछि बचतकर्ताहरु नै ठगिएको खुलेको हो ।



    सुरुमा एकजना ग्राहकको रकम हराएको घटना सार्वजनिक भएको थियो। पछि अनुसन्धान गर्दै जादा बैंकबाट ठगिने ग्राहकको संख्या १९ पुगेको छ। ग्राहकहरूको बयानको आधारमा एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ ।

    अप्रेशन इन्चार्ज प्रधानले आफूले चिनेजानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ट्रान्सफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    एभरेष्ट बैंकका अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना ग्राहकको एक करोडभन्दा बढी रकम अन्य ग्राहकको खातामा पठाएर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    ग्राहकहरूले बचत गरेको रकम ठगी गरेको भन्दै प्रधानविरुद्ध दिएको उजुरीका आधारमा पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको छ । एभरेष्ट बैंकले इटहरी शाखाका बचतकर्ताहरूको हराएको सम्पूर्ण रकम बैंकले उहाँहरूकै खातामा जम्मा गरिदिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार