Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २ अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक, साढे १० प्रतिशत ब्याजदर

    २ अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक, साढे १० प्रतिशत ब्याजदर

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिको १०.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गिर्ने भएको छ । बैंकले १८ साउनदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कान गर्न लागेको हो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

    ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा लगानी गर्नेले १०.५ प्रतिशत ब्याजदर प्रापत गर्नेछन् । ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ । ऋणपत्रमा खरिदको लागि न्युनतम २५ कित्ताको दरले हुने २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ ।



    बढीमा भने माग गरेअनुसारनै आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।



    सर्वसाधारणले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था बाट आवेदन दिने सक्नेछन् । ऋणपत्रमा छिटोमा २२ साउन र उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधी ढीलोमा १ भदौससम्म रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार