Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महाविर पुन १ करोड रूपैयाँ राशीको भवन कीर्ति रत्नबाट सम्मानित

    महाविर पुन १ करोड रूपैयाँ राशीको भवन कीर्ति रत्नबाट सम्मानित

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 825
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।

    नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।



    पुनलाई शिक्षा मन्त्री देवेन्द्र पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं बिबी फाउण्डेशनका अध्यक्ष भवन भट्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, स्वामी आनन्द अरूणलगायतले ‘भवन कीर्ति रत्न’ पुरस्कार हस्तान्तरण गरे।



    बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई/दुई वर्षमा प्रदान गरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार