Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महावीर पुनले भने – लिलाम ब्रिकी गर्न लागेका पदक सरकारलाई नै फिर्ता जान्छ

    महावीर पुनले भने – लिलाम ब्रिकी गर्न लागेका पदक सरकारलाई नै फिर्ता जान्छ

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले नेपाल सरकारले प्रदान गरेका पदहरु फिर्ता गर्ने घोषणा गरेका छन् ।

    मंगलबार गृह मन्त्रालयले पुनलाई बोलाएर मेडल बेच्न नपाइनेबारे सजग गराएपछि पुनले सरकारलाई नै फिर्ता दिने घोषणा गरेका हुन् ।



    उनले कानुन मिच्ने आफूलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिए । पुनले विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने बताएको थियो ।



    त्यसपछि पुनले सामाजिक सञ्जालमा लेखेका छन्,’गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाई सिंहदरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’

    तर पुनले अन्तर्राष्ट्रिय मेडलहरु भने बिक्री गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार