Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्न विधेयक ल्याइएको हो : गृहमन्त्री

    कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्न विधेयक ल्याइएको हो : गृहमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 681
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागारलाई सुधार गृहको रुपमा विकास गर्न विधेयक ल्याइएको बताएका छन् ।

    कारागार विधेयक २०७८ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।



    उनले भने, ‘कारागारमा रहेका पनि नागरिक हुन् । उनीहरुलाई पनि नागरिक अधिकार र मानव अधिकारको व्यवस्था गरिनुपर्छ भन्ने विचारको स्वागत गर्छु ।



    कारागारलाई बन्दीगृह होइन सुधार गृहको रुपमा रुपान्तरण गर्ने विधेयकका मूल अंश हो । कारागारमा रहेका विभिन्न बन्दीहरुलाई उनीहरुको अवस्था अनुसार सुविधा दिने भन्नेमा सरकार गम्भीर छ । ’

    उनले कारागारलाई बन्दीगृह नभइ सुधार गृहको रुपमा रुपान्तरण गर्न कारागार विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार