Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफैंले पालेको कंगारुले लियो वृद्धको ज्यान

    आफैंले पालेको कंगारुले लियो वृद्धको ज्यान

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 744
    SHARES

    एजेन्सी । कंगारुको हमलामा अष्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ ।

    मारिने व्यक्ति ७७ वर्षे पिटर एडेस रहेको अष्ट्रेलियाबाट प्रसारण हुने एबीसी टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।



    उनले ६० भन्दा धेरै अल्पाका नामक घरपालुवा जनावर पालेर जीवन बिताउँदै आएका थिए । उनलाई आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।



    उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएका छन् ।

    ३ वर्षे उक्त कंगारुलाई ती मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

    कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार