Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

    प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 558
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ ।

    आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आफ्नो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो ।



    तर, राजनीतिक दलहरूको तीव्र विरोध र असन्तुष्टिपछि आयोग सो निर्णमा लचक देखिएको हो । आयोगले बुधबार १२ राजनीतिक दललाई बोलाएर आगामी ४ मंसिरमा हुने निर्वाचनबारे छलफल गरेपछि आयोगले पूर्वनिर्णयमा केही लचक हुने संकेत दललाई दिएको हो ।



    ‘दलहरूले निर्वाचन आचार संहितासहितका विषयमा आआफ्नो धारणा राखेका छन्, आचार संहिताका विषयमा अलि खुकुलो व्यवस्था गरिदिनुपर्यो भन्ने गुनासो दलहरूबाट आयो, त्यसमा आयोग सकारात्मक छ भनेका छौं,’ आयोग स्रोतले भन्यो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार