Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • शुक्रबारदेखि निःशुल्क ई–सिम वितरण गर्दै नेपाल टेलिकम

    शुक्रबारदेखि निःशुल्क ई–सिम वितरण गर्दै नेपाल टेलिकम

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्ने भएको छ ।

    नेपाल टेलिकमले भोलिदेखि दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण गर्न लागेको हो ।



    ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।



    हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ(सिममा परिवर्तन गर्न सकिने छ।

    ‘हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छैन,’ नेपाल टेलिकमको विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार