Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अछाममा बाढीपहिरो : घरभित्र पुरिएका ४ जनाको शव फेला, १२ जना बेपत्ता

    अछाममा बाढीपहिरो : घरभित्र पुरिएका ४ जनाको शव फेला, १२ जना बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    अछाम । अविरल वर्षाका कारण अछाममा ठूलो धनजनको क्षति गरेको छ । पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटाभन्दा धेरै घर पुरेको हो ।

    पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।



    कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ।



    उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको डीएसपी डाँगीले बताए । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा समस्या भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार