Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

    पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 807
    SHARES

    फाइल फोटो

    तनहुँ । नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज सुनुवाइ हुँदैछ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुन लागेको हो ।

    अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने अनुमान गरिएको छ ।



    नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो ।



    गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार