Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • समानुपातिक सूची बनाउन माओवादीले बनायो कार्यदल

    समानुपातिक सूची बनाउन माओवादीले बनायो कार्यदल

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 774
    SHARES

    काठमाडौं । आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ ।

    आज बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको सचिव गणेश साहले जानकारी दिए ।



    कार्यदललाई सूची बढाउने/घटाउने, मापदण्ड पूरा भए/नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको उनले बताए ।



    आज कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम निर्णय लिने साहले जानकारी दिए ।

    निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार