Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना महामारी भन्दा आत्महत्याले धेरैको ज्यान लियो : आईजीपी सिंह

    कोरोना महामारी भन्दा आत्महत्याले धेरैको ज्यान लियो : आईजीपी सिंह

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी ) धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक दिन-प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    आइतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीकै हाराहारीमा आत्महत्याका कारण ज्यान गुमेको बताए ।



    आर्थिक वर्ष २०७७/०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमाएको, तर सोही अवधिमा ७ हजार १४१ जनाले आत्महत्या गरेको आईजीपी सिंहले बताए ।



    ‘नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक उत्साहजनक छैन । आत्महत्याको संख्या निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७७र०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमायौँ ।

    त्यसैवर्ष ७ हजार १४१ जनाले आत्महत्या गरे । कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दा पनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको आईजीपी सिंहले बताए । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार