Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुससँग लड्न कंगो मिसनबाट फर्कियो युक्रेनी फौज

    रुससँग लड्न कंगो मिसनबाट फर्कियो युक्रेनी फौज

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 801
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कंगोमा कार्यरत २५० जना युक्रेनी फौज रुसी फौजविरुद्ध लड्न स्वदेश फिर्ता भएका छन् ।

    गत मार्चमा युक्रेनका उड्डयन एकाइलाई फिर्ता लैजाँदा कूटनीतिज्ञहरूले संयुक्त राष्ट्र संघको मिसनमा हेलिकोप्टरको अभाव हुनसक्ने चेतावनी दिएका थिए ।



    कंगोको पूर्वी क्षेत्रका घना जंगलमा रहेका विभिन्न लडाकु समूहहरूसँग लड्न हेलिकोप्टरको महत्वपूर्ण भूमिका छ । संयुक्त राष्ट्र संघको त्यहाँ प्रयोगमा रहेका विमानमध्ये एक तिहाइ अर्थात् आठ वटा हेलिकोप्टर युक्रेनको थियो ।



    गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युक्रेनले संयुक्त राष्ट्रसंघको शान्ति सेनाको अन्य मिसनबाट पनि आफ्ना फौज फिर्ता बोलाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार