Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • संविधानलाई व्यवस्थित गर्ने सन्दर्भमा राज्यपक्ष नै चुक्यो : मुख्यमन्त्री पाण्डे

    संविधानलाई व्यवस्थित गर्ने सन्दर्भमा राज्यपक्ष नै चुक्यो : मुख्यमन्त्री पाण्डे

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 486
    SHARES

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानले दिएको अधिकार व्यवस्थित गर्न नसकेको बताएका छन् ।

    सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा प्रदेश सरकारले आयोजना गरेको सभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।



    उनले जनताको लामो संघर्ष, त्याग, तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीलाई व्यवस्थित गर्ने सन्दर्भमा राज्यपक्ष नै चुचेको बताए।



    तीनै तहका सरकारबीच समन्वय नहुँदा संविधानले प्रदान गरेको अधिकार पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिएको मुख्यमन्त्री पाण्डेले बताए ।

    संघ सरकारको संकुचित मानसिकता र उपेक्षा भावका कारण प्रदेश सरकारप्रति आम नागरिकको वितृष्णाभाव बढ्दै गइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।

    उनले मुलुकमा स्थापित व्यवस्थालाई मजबुद बनाउन र संविधानको रक्षार्थ प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार