Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादीले बुझायो समानुपातिक बन्दसूची

    माओवादीले बुझायो समानुपातिक बन्दसूची

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 690
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ ।

    पौने पाँच बजे माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिब वर्षमान पुनलगायतको टोली बन्दसूची बुझाउन आयोग पुगेको हो ।



    पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ ।



    प्रतिनिधिसभामा भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको उनले बताए ।

    त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आफै बन्द सुची बोकेर आयोग पुगेका छन् ।

    ४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो ।

    आइतबार पनि बन्दसूची बुझाउने समय थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार