Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोठाटार गोलीकाण्ड : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा विशेष समिति गठन

    गोठाटार गोलीकाण्ड : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा विशेष समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 840
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोली प्रहारबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।



    उपत्यका प्रहरी कार्यालयका अनुसार समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य छन् । समितिमा साइबर ब्यूरोका एकजना अधिकृतलाई पनि राखिएको छ ।



    सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञात समूहले घाइते बनाएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको सोमबार राति मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार