Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले प्रवेश गर्दै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    एमाले प्रवेश गर्दै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 936
    SHARES

    काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गर्ने तयारी गरेका छन् ।

    स्रोतका अनुसार खनालले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्ने तयारी गरेका हुन् ।



    उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराउने छन् । आज (बुधबार) ओली र खनालबीच बालकोटमा भेटवार्ता भएको थियो ।



    भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत आश्वासन दिएको स्रोतले बतायो । सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६औँ प्रहरी महानिरीक्षक हुन् ।

    सर्वेन्द्र ३० वर्षे उमेर हदका कारण २०७६ माघ २८ गतेदेखि अनिवार्य अवकाशमा गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार