Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुन काण्ड : कान्तिपुरविरुद्ध पूर्वआईजीपी खनालको पत्रकार सम्मेलन

    सुन काण्ड : कान्तिपुरविरुद्ध पूर्वआईजीपी खनालको पत्रकार सम्मेलन

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । सुन काण्डमा आफ्नो नाम जोडिएपछि पूर्वआईजीपी सर्वेन्द्र खनालले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    खनालले सामाजिक सञ्जालमार्फत् कान्तिपुर राष्ट्रिय दैनिकले आफ्नो नाम र फोटो संलग्न गरी बदनियतपूर्ण तरिकाले समाचार प्रकाशन गरेको भन्दै त्यसबारे सत्यतथ्य जानकारी गराउन पत्रकार सम्मेलन गर्ने जनाएका हुन् ।



    कान्तिपुर दैनिकमा प्रकाशित समाचारको घोर भत्सना गर्दै उनले उक्त समाचारबारे शुक्रबार दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने बताएका हुन् ।



    सञ्चारकर्मीहरुलाई उपस्थितिको लागि आग्रह गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘आज कान्तिपुर पत्रिकामा मेरो नाम र फोटो दुरुपयोग गरी बदनीयतका साथ मिथ्या, कपोलकल्पित र भ्रमपूर्ण समाचार प्रकाशन गरिएको हुँदा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरोबारे लेखिएको झुट समाचारको घोर भर्त्सना गर्दछु । यस बारे आज ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै छु । सम्पूर्ण पत्रकार साथीलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार