Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौं-६ मा सर्वेन्द्रले बाजी मार्लान ?

    काठमाडौं-६ मा सर्वेन्द्रले बाजी मार्लान ?

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको पूर्व प्रहरी महानिरिक्षक (आईजीपी) सर्वेन्द्र खनाल यतिबेला घरदैलो अभियानमा ब्यस्त छन् । ३० वर्ष नेपाली जनताको सेवामा समर्पित खनालले अहिले प्रतिनिभिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

    नेकपा एमाले प्रवेश गरेका खनाल काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवारी दर्ता गराएर घरदैलो अभियनमा सक्रिय भएर लागेका छन् । वि.स. २०२३ बैशाख २३ गते तनहुँ जिल्लामा जन्मिएका सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६ औँ महानिरिक्षक बन्न सफल भएका थिए ।



    वि.स. २०४६ सालमा प्रहरी निरीक्षकको रुपमा तालिममा रहँदा नेपालभर प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलनको आधिवेरि थियो। विद्यार्थी अवस्थादेखि प्रजातन्त्रप्रति प्रतिवद्ध खनाल २०४७ सालमा पञ्चायतको अन्त्य भएर नेपालमा प्रजातन्त्रको पुनस्थापना हुँदा प्रहरी तालिम केन्द्रमै साथीहरुसँग खुसी साटेको अहिले पनि सम्झना आउने बताउँछन् ।



    ३० वर्षसम्म नेपाल प्रहरीको इमानदार, क्षमावान र साहसिक प्रहरी अधिकृतको रूपमा देश र जनताको पक्षमा सयौं योगदान गरेका खनाल अहिले फेरि जनताकै सेवाका लागि रानीतिमा होमिएको बताउँछन् ।

    प्रहरीमा रहँदा गुण्डा, तस्कर, भ्रष्टाचारी , माफिया, दलाल र अपराधीहरूलाई दण्डित गर्न कुनै कसुर नराखेका खनालको उम्मेदवारीप्रति आम जनता पनि सकारात्मक छन् ।

    लोकतान्त्रिक मूल्य र मान्यतामा सदैव अडिग रहने कुशल प्रशासकहरू मध्येका एक सर्वेन्द्र खनाललाई विभिन्न आरोप प्रत्यारोप लगाएर उनको बद्नाम गराउने कोशिषहरु नभएका होइनन् । तर, बोली र व्यवहारमा लोकतान्त्रिक तथा उनको कुशल र निडर क्षमतासामु कसैको केही नलाग्ने राजनीतिक दलका नेताहरु नै स्वीकार गर्छन् ।

    प्रहरी जीवनमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘कू’ का कारण भएको आन्दोलन र मधेश आन्दोलनमा सफल कमाण्डरको भूमिका निर्वाह गरेका खनाल महाभूकम्पको समयमा नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साहलाई पक्राउ गरेर कार्वाही गर्ने सफल भएका थिए ।

    लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बेच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाइस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजी खोजी हत्कडी लगाउने काम खनालको कमाण्डमा भएको थियो।

    तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई समेत अनुसन्धानको दायरा भित्र ल्याएर थुनामा राख्ने निर्णय उनै खनालले गरेका थिए । चौतर्फी राजनीतिक दबाबकाबीचमा एक इन्च पनि हलचल नभइ उनले महरा काण्डमाथि सफल अनुसन्धान गराएका थिए ।

    आम जनताले चाहेको खण्डमा जीवनभर गलत कुरासँग सम्झौता नगरेका सर्वेन्द्र खनाल नेपाली राजनीतिलाई सफा गर्न सक्ने एउटा बलियो नेता बन्न सक्छन् । खनाल सांसद भएको खण्डमा तस्कर, लुटेरा, भ्रष्टाचारी र देशद्रोहीहरु पक्कै पनि आत्तिनेछन् ।

    खनालले आफ्नो उम्मेदवारी कुनै पनि राजनीतिक दलका नेताकोविरुद्ध नभई देशको भ्रष्टाचार, परनिर्भरता, युवाशक्ति पलायन र गरिबीविरुद्ध उभिएर समृद्ध नेपाल, सुखी नेपालीको महा अभियानलाई सफल तुल्याउनका लागि भएको बताएका छन् । अब्बल कार्यपालिका बनाउनका लागि खनालले ‘हाम्रो भन्दा राम्रो’ व्यक्तिलाई चुन्न आग्रह पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार