Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तनहुँ–१ मा एमालेबाट पूर्व आईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

    तनहुँ–१ मा एमालेबाट पूर्व आईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 684
    SHARES

    काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

    बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको हो । यसअघि उक्त क्षेत्रमा स्थायी कमिटी सदस्य किरण गुरुङले उठ्ने चाहना राखेका थिए ।



    उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन् । पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ ।



    मंसिरको निर्वाचनमा काठमाडौँ–६ बाट पूर्व आईजीपी खनाल हारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार