Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चाडपर्व लक्षित नियमित बजार अनुगमन गर्दै काठमाडौं महानगर

    चाडपर्व लक्षित नियमित बजार अनुगमन गर्दै काठमाडौं महानगर

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 729
    SHARES

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ ।

    चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ।



    बुधबार उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको हो ।



    काठमाडौं महानगरपालिकाले माछा मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजारको नियमित अनुगमन गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार