Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

    काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।

    उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ ।



    महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गर्नुभएको थियो । अदालतका कर्मचारीले काठमाडौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् ।



    यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार