Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 963
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ भने भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र रहेको छ ।

    जसकारण शनिबार मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



    हाल लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।



    लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार