Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री खाँडले भने – उम्मेदवार बन्न चाहनेले त्याग गर्न पनि सक्नुपर्छ

    गृहमन्त्री खाँडले भने – उम्मेदवार बन्न चाहनेले त्याग गर्न पनि सक्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 678
    SHARES

    फाइल तस्विर

    रुपन्देही । नेपाली कांग्रेका नेता तथा गृहमन्त्री बालकुष्ण खाँणले निर्वाचनमा उम्मेदवार हुन चाहने नेताले त्याग पनि गर्न पनि सक्नुपर्ने बताएका छन् ।

    भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको शनिबार उद्घाटन गर्दै उनले उम्मेदवार बन्न नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने भएकाले वुद्धले झैं त्याग गर्न आवश्यक रहेको बताए ।



    गृहमन्त्री खाँडले कांग्रेस आफैमा ठूलो र धेरै नेता भएको पार्टी भएकाले सबै आकाङ्क्षीलाई टिकट सम्भव नभएको भन्दै पार्टी निर्णयलाई मानेर पालो पर्खन आग्रह गरेका छन् ।



    कार्यक्रममा उनले टिकट पाउने जित्न र नपाउने जिताउने गरी निर्वाचनमा खटिन आग्रह गरेका छन् ।

    निर्वाचनमा सबै उम्मेदवार बन्न सम्भव नरहेकाले राजनीतिक व्यक्तिले बुद्धको जीवनीबाट सिकेर शान्त बस्नुपर्ने बताउँदै उनले भने– ‘अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्नेछ ।’

    कार्यक्रममा गृहमन्त्री खाँणले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने प्रतिबद्धता पनि जनाए । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले अस्पताल भर्ना गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार