Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिकित्सकको लाइसेन्स परीक्षामा १ हजार १७६ जना फेल

    चिकित्सकको लाइसेन्स परीक्षामा १ हजार १७६ जना फेल

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 714
    SHARES

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा परीक्षा दिएका मध्ये १ हजार १७६ जना फेल भएका छन् ।

    काउन्सीलले लिएको परीक्षामा २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तिर्ण भएको हुन् । यस्तै, ११ सय ७६ जना अनुत्तिर्ण भएका छन् ।



    काउन्सिलका अनुसार मेडिकलतर्फ १६ सय ८६ र डेन्टलतर्फ ३५३ जना सहभागी भएका थिए ।



    डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।

    यस्तै, एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए । १ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार