Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फेरि स्थगित भयाे चिकित्सकको लाइसेन्स परीक्षा

    फेरि स्थगित भयाे चिकित्सकको लाइसेन्स परीक्षा

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा फेरि स्थगित गरेको छ । भदौ ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा स्थगित गरेको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण परीक्षण स्थगित गरिएको काउन्सिलले जनाएको छ । उक्त परीक्षा कोरोना संक्रमणको अवस्था कम भएपछि मात्र हुने काउन्सिलले प्रष्ट पारेको छ । त्यसका लागि परीक्षा मिति र परीक्षा केन्द्र पछि नै तोकिने बताइएको छ ।



    यसअघि गत चैत ८ देखि शुरू हुने भनिएको चिकित्सकहरुको लाइसेन्स परीक्षा कोरोनाकै कारण स्थगित भएको थियो । साउन ६ गते लकडाउन खुलेसँगै काउन्सिलले चिकित्सकको लाइसेन्स परीक्षा लिने तयारी गरेको थियो । काउन्सिलले एमबीबीएस र बीडीएस उत्तिर्णहरूको लाइसेन्स परीक्षा लिदै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार