Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री खाँणको प्रश्न – लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनुपर्दैन ?

    गृहमन्त्री खाँणको प्रश्न – लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनुपर्दैन ?

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 771
    SHARES

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको बताएका छन् ।

    रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौं स्थापना दिवसलाई सोमबार बुटवलमा सम्बोधन गर्दै गहृमन्त्री खाँणले यस्तो बताएका हुन ।



    संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने लेखेको भएपनि अहिले विधेयक रोकिँदा लाखौं नागरिक अनागरिक बनेको उनले बताए ।



    उनले भने, ‘नागरिकताको पर्खाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनुपर्दैन ।’

    उनले संविधानको संरक्षकबाट विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको सबैले बुझेको बताए । उनले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार