Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन् – जनताको पक्षमा काम गर्ने सबैलाई एमालेले समर्थन गर्छ

    वरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन् – जनताको पक्षमा काम गर्ने सबैलाई एमालेले समर्थन गर्छ

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम गर्ने सबैलाई एमालेले समर्थन गर्ने बताएका छन् ।

    काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    पोखरेलले भने, ‘राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ,



    नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो ।’

    एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए ।

    जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे । आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार