Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काकाको रड प्रहारबाट चार वर्षीय भतिजोको मृत्यु

    काकाको रड प्रहारबाट चार वर्षीय भतिजोको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 672
    SHARES

    फाइल फोटो

    धनुषा । धनुषामा काकाको रड प्रहारबाट भतिजोको मृत्यु भएको छ ।

    क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा स्थानीय रवि पासवानको रड प्रहारबाट चार वर्षीय बालकको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार दिउँसो रविले फलामको रडले हिर्काउँदा उनकै भतिजो चार वर्षीय अनुप पासवानको मृत्यु भएको हो ।



    रड प्रहारबाट गम्भीर घाइते अनुपको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले रविलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार