Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राजेन्द्र महतोले छाडे धनुषा ३, गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवार बन्ने

    राजेन्द्र महतोले छाडे धनुषा ३, गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवार बन्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 1.1K
    SHARES

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दावी छाडेका छन् ।

    २०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने भएका छन् ।



    धनुषा–३ बाट एमालेकी जुली महतोले चुनाव लड्ने भएपछि महतो सर्लाहीबाट चुनाव लड्न लागेका हुन् ।



    २०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएका थिए । त्यसको बलमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

    तर महतोले पनि धनुषा-३ बाट चुनाव नलड्ने भएका हुन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार