Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

    सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 516
    SHARES

    फाइल फोटो

    दाङ । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।

    उनको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।



    सो दुर्घटनामा परी जिपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।



    उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।

    दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका-६ जलवाङ गाउँका स्थानीय हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार