Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकेपछि बिरामीको मृत्यु, पीडित परिवारलाई २२ लाख क्षतिपूर्ति

    पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकेपछि बिरामीको मृत्यु, पीडित परिवारलाई २२ लाख क्षतिपूर्ति

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 2.5K
    SHARES

    धनगढी । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल उपचारका क्रममा मृत्यु भएका एक बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ । कंचनपुर वेलौरी नगरपालिका वडा नं १० शिवनगर बस्ने ५६ वर्षीय ऐजनलाल चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका थिए । त्यसक्रममा उनको बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरिएको थियो ।

    शल्यक्रियापछि रक्तश्राव रोकिएन मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतिमा डाक्टरले मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिएको भनिए पनि चौधरीको सोमबार भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।



    चौधरीको मृत्यु भएपछि उचित क्षतिपूूर्ति र चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । क्षतिपूूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने उनीहरुको माग थिो । सोमबार राति २२ लाख रुपैयाँमा सहमति जुटेको छ ।



    यस्तो थियो घटनाक्रम
    चौधरीलाई शनिबार दिउसो शल्यक्रिया गर्ने कोठामा उनलाई लगियो। चिकित्सक जोनेश तिवारीले उनको पत्थरीको शल्यक्रिया गरे। शल्यक्रिया गरेको करिब १ घण्टापछि पेट फुल्दै छ र धेरै दुख्न थाल्यो भनेर बिरामीले भन्न थाले।

    आफन्तले बिरामीको पेट सुनिन थालेको र दुखाई बढेको भनेपछि नर्सले दुखाई कम हुने इन्जेक्सन लगाईदिईन्। तर, बिरामीको अवस्था झन बिग्रँदै गयो। यति हुँदासम्म पनि शल्यक्रिया गर्ने चिकित्सक विरामी हेर्न आएनन्। ७ बजे चौधरी बेहोस भए। बिरामीको अवस्था बिग्रँदा पनि समयमै चिकित्सक नआएर ढिलो आएको आफन्तको भनाई छ।

    साँझ ८ बजे आएका चिकित्सकले सिरिन्ज बाट पेटभित्र भरिएको रगत झिक्ने प्रयास गरे। पत्थरीको शल्यक्रिया गर्दा भएको लापरबाहीले मिर्गौलाबाट भएको व्यापक रक्तश्राव नरोकिएपछि राती १२ बजेतिर डाक्टरले मिर्गौला नै झिक्ने निधो गरे।

    ‘राती १२ बजे आएर डाक्टरले बिरामीको ज्यान बचाउन किड्नी झिक्नु पर्छ भन्नु भयो’ मृतकका छोरा बुद्धिराम चौधरीले भने–‘बुवाको ज्यान नै नबाच्ने भएपछि मिर्गौला झिकेर हुन्छ भने पनि हामीले ठिकै छ भन्यौं।’

    आइतबार बिहान २ बजे डाक्टर फेरी आएर किड्नी देखाउँदै शल्यक्रिया सफल भएको बताए। तर, शल्यक्रिया पछि बुबा राखेको ठाउँमा जान नदिएको उनले बताए।

    उनले भने–‘बुबाको आइतबार दिउसो २ बजे नै मृत्यु भईसकेपनि हामीलाई आज सोमबार मात्र जानकारी दिइयो । डाक्टरले लापरबाही गरेर मेरो बुबालाई मारिदियो।’ स्वस्तिक अस्पतालले भने सोमबार बिहान साढे ९ बजे चौधरीको मृत्यु भएको बताएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार