Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • असनबाट प्रहरीले उद्धार गरेका दुई भरियाको उपचारका क्रममा मृत्यु

    असनबाट प्रहरीले उद्धार गरेका दुई भरियाको उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। काठमाडौंको असन क्षेत्रबाट सिकिस्त अवस्थामा प्रहरीले उद्धार गरेका दुई भरियाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार बिहान उनीहरुलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो । तर, उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

    जनसेवा वृत्त प्रमुख डिएसपी भेषराज रिजालका अनुसार मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटिएका थिए । मृत्यु हुनेमा दोलखा कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।



    डीएसपी रिजालले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘उनीहरु ज्याला मजदुरी गर्दै सार्वजनिक स्थानमै सुत्ने गरेका रहेछन्। बिहान खबर पाएपछि अस्पताल लगिएको थियो । तर, उनीहरुलाई बचाउन सकिनए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार