Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मनास्लुमा हिमपहिरो जाँदा १ जना बेपत्ता, दुई हेलिकोप्टरको सहायतामा खोजिँदै

    मनास्लुमा हिमपहिरो जाँदा १ जना बेपत्ता, दुई हेलिकोप्टरको सहायतामा खोजिँदै

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 660
    SHARES

    काठमाडौँ । मनास्लु हिमालमा पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिजो दिउँसो करिब २ बजे खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् । गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको हो ।



    अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले बताए । प्रहरीका अनुसार सिम्रिक र एभरेस्टको हेलिकोप्टरबाट उद्धारकर्ता बेपत्ताको खोजीमा जुटेका छन् ।



    हिमाल आरोहीका नेपाली सहयोगी बेपत्ता भएका हुन् । उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मनास्लुको दोस्रो बेसक्यापबाट पहिलो बेसक्यामतर्फ हिमपहिरो खसेको हो ।

    हिमपहिरोको समयमा त्यहाँ चारजना रहेका थिए । तीनजना भने सकशुल फिर्ता भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार