Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सभाखाेलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

    सभाखाेलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 786
    SHARES

    फाइल तस्विर

    संखुवासभा । संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेका छन् ।



    आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।



    प्रदेश १-०२-००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ । उनीहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार